
काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव उठाउने सहमति भएकाे छ । सरकारसँगकाे ९ बुँदे सहमतिपछि परिवार शव बुझ्न तयार भएकाे हाे ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेको भोलिपल्ट असार २५ गते उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।
उनको निधनपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले शवसमेत बुझ्न मानेको थिएन ।
नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति जुटेको हो ।



























