
काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बीपी र मेची राजमार्ग अवरुद्ध भएकाे छ । काभ्रे जिल्लामा बीपी राजमार्ग अवरुद्ध भएकाे हाे ।
मकवानपुरको कान्तिलोकपथ पनि अवरुद्ध भएकाे छ । मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्णरूपमा अवरुद्ध छ ।
सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । काेशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्णरूपमा अवरुद्ध छ । तिल्केनी-सिमलगोलाई सडकको जोगमाई र इलाम बेलासी सडक खण्डको पुवाखोला डाइभर्सन बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ ।

























