आफैंलाई आगाे लगाएका विवेककाे पनि मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार ०८:४२

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका  विवेक मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको गएराति दुई बजे निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए ।

शुक्रबार दिउँसो आत्मदाह प्रयास गरेलगत्तै उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर साँझ साढे ७ बजे अस्पताल भर्ना गरिएको थियो।

बायोलोजी विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनले सर्लाहीको रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । यसअघि आत्मदाहका कारण दुई जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.