
जनकपुरधाम । जनकपुरदेखि ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौं हिडेका मिटरब्याज पीडितलाई गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् ।
पैदलयात्री निजगढ पुगेकाे समयमा गृहमन्त्री गुरुङ काठमाडाैंबाट भेट्न आएर भेटेका हुन् । गृहमन्त्री आउँने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए ।
गृहमन्त्री गुरुङले मिटरब्याज पीडितसँग उनीहरुकाे माग र तत्काल समाधान गर्न सकिने समस्याका विषयमा संवाद गरेका छन् ।
राति बास बसेको उद्योग वाणिज्य संघ निजगढको सभा हलमा संवाद भइरहेको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।



















