सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १५:२९
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन वितरणमा सरकारले लागू गरेको  ‘एकद्वार प्रणाली’ को निर्णयलाई खारेज गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय बदर गर्ने आदेश जारी गरेको हो ।

वर्तमान सरकारले सबै सरकारी विज्ञापनहरू केवल सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशित एवं प्रसारित गर्ने नीति लिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस सम्बन्धमा परिपत्र समेत जारी गरेको थियो ।
सरकारको उक्त कदमले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई धराशायी बनाउने र समानुपातिक विज्ञापनको हकलाई कुण्ठित गर्ने भन्दै नेपाल मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । निजी सञ्चारमाध्यमहरूको हित प्रतिकूल हुने गरी ल्याइएको उक्त निर्णय विभेदकारी रहेको दाबी सोसाइटीको थियो ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री कार्यालयको परिपत्र बदर हुने फैसला सुनाएको हो । यस निर्णयसँगै अब सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यममा मात्र सीमित नभई निजी सञ्चारमाध्यमहरूले पनि पाउने बाटो खुलेको छ । अदालतको फैसलाको पूर्ण पाठ भने सार्वजनिक हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.