कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीले दिए सामूहिक राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १०:३६

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । बुधबार सरकारकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका मन्त्रीले राजीनामा दिएका हुन् ।

कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

एमाले नेता यामलाल कँडेलले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री थिए । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारी कांग्रेसबाट मन्त्री थिए । आर्थिक मामिला मन्त्री शाह हाल स्वास्थ्य उपचारको सिलसिलामा बैंककमा छन् । उनले बैंकक प्रस्थान गर्नुअघि नै राजीनामा पत्र बुझाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.