खोटाङ कारागारमा एक कैदीको मृत्यु, परिवारले बुझेनन् शव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १२:५६

विराटनगर । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक जना कैदीकाे मृत्यु भएकाे छ । साकेला गाउँपालिका–४ का निसान राईको मृत्यु भएको हाे ।

सवारी ज्यान मुद्दामा दुई वर्षको जेल सजाय काटिरहेका २९ वर्षीय राई असार ३० गते राति ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए । राति १:५० बजे अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

साउन ११ गते जेलमुक्त हुने तयारीमा रहेका राईको मृत्युको कारण खुल्न बाँकी छ । मृतकका आफन्तले घटनाबारे सत्यतथ्य छानबिनको माग गर्दै शव बुझ्न मानेका छैनन् ।

पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.