
काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट संशोधन र खर्च कटौतीको विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच विवाद उत्पन्न भएपछि मुख्यमन्त्रीले एमालेबाट सरकारमा सहभागी मन्त्री बर्खास्त गरेका हुन् ।
बर्खास्त हुने मन्त्रीहरूमा सुरेन्द्र पाल, बिरबहादुर थापा, हिरा सार्की र राज्यमन्त्री निर्मलादेवी साउद छन् ।
एमालेले बजेट पुनर्लेखन र सरकारको नेतृत्व परिवर्तनको प्रस्ताव अघि सारेपछि सहमति हुन सकेको थिएन । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने दबाबका बीच भएको यो घटनाले सुदूरपश्चिममा नयाँ राजनीतिक समीकरणको सम्भावना बढाएको छ ।



















