सातै प्रदेशमा कांग्रेस–एमाले गठबन्धन भंग, प्रदेश सरकारहरु संकटमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १७:१४

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश सरकारहरूमा रहेको सत्ता सहकार्य औपचारिक रूपमा अन्त्यतर्फ पुगेको छ । कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेसँगै प्रदेशस्तरको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ ।

उता, सुदूरपश्चिम प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले तत्काल संसदीय दलको बैठक बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमालेको यो निर्णयसँगै मुख्यमन्त्री शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । अब सरकारको भविष्य नयाँ राजनीतिक समीकरण र विश्वासको मतमा निर्भर रहने देखिएको छ ।

नेपाली कांग्रेसले पनि एमालेसँगको प्रदेशस्तरीय सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ । पार्टी स्रोतका अनुसार शीर्ष नेताहरूबीच भएको निरन्तर छलफलबाट सहमति जुट्न नसकेपछि सातै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाउने निष्कर्षमा पार्टी पुगेको हो । कांग्रेसको निर्णयसँगै प्रदेश सरकारहरु संकटमा परेका छन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार एमालेसँगको सहकार्यलाई निरन्तरता दिने अवस्था नरहेकाले सातै प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाइनेछ । आवश्यक परे सबै प्रदेशमा कांग्रेस प्रतिपक्षी बेञ्चमा बस्ने तयारीसमेत गरिएको छ ।

बुधबार नै कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेको थियो । कर्णालीमा एमाले नेतृत्वको सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार रहेको छ ।

कांग्रेसले प्रदेश सरकारहरूमा नयाँ राजनीतिक समझदारी सम्भव भए त्यसअनुसार अघि बढ्ने, अन्यथा प्रतिपक्षमा बस्ने रणनीति बनाएको छ । दुई ठूला दलबीच प्रदेशस्तरमा भएको सत्ता सहकार्य अन्त्य हुने निर्णयसँगै सातै प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ । अब प्रदेश सरकारहरूको स्थायित्व, नयाँ गठबन्धन र विश्वासको मतको प्रक्रिया आगामी राजनीतिक घटनाक्रमको केन्द्र बन्नेछ ।

तपाइको प्रतिक्रिया
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
सातै प्रदेशमा कांग्रेस–एमाले गठबन्धन भंग, प्रदेश सरकारहरु संकटमा
इलामका इन्जिनियर झापामा पक्राउ
विद्यार्थीको क्षमता विकासका लागि खेलकुद सामग्री वितरण 
विद्यार्थीको क्षमता विकासका लागि खेलकुद सामग्री वितरण 
अन्तर्राष्ट्रिय वामपन्थी सम्मेलनमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान
अन्तर्राष्ट्रिय वामपन्थी सम्मेलनमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान
सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे एमालेका मन्त्री
रौतहटमा आत्मदाह गरेका पुरुषकाे वीर अस्पतालमा उपचार जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.