सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १८:१३

काठमाडौं । विपक्षी चार दलले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको संरक्षण र दिगो पुनर्स्थापनाको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गरेको प्रस्तावमा नेकपा (एमाले)का प्रमुख सचेतक ऐन मगर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई समर्थक छन् ।

प्रस्तावमा संविधानले सुनिश्चित गरेको आवास तथा सम्मानपूर्वक बाँच्न पाउने हक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै डोजर, स्थानान्तरण वा बाढीबाट प्रभावित परिवारलाई वास्तविक क्षतिपूर्ति दिन, तीन महिनाभित्र स्थायी पुनर्स्थापनाको योजना ल्याउन र वास्तविक भूमिहीन तथा योग्य सुकुम्वासीको पहिचान गरी निश्चित समयभित्र लालपुर्जा वितरण गर्न माग गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
सातै प्रदेशमा कांग्रेस–एमाले गठबन्धन भंग, प्रदेश सरकारहरु संकटमा
इलामका इन्जिनियर झापामा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.