सप्तकोशीमा पानीको बहाव बढेपछि खोलियो २१ वटा ढोका

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार ०६:२९

इनरुवा । लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । बुधबार रातिसम्म कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक मापन गरिएको छ ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पूर्वी नेपालमा वर्षा जारी रहेकाले नदीको बहाव अझ बढ्न सक्ने सम्भावना छ । बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएको छ ।

ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहरका ढोका रहेका छन् । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च जोखिमको संकेतस्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था गरिएको छ ।

मनसुन सक्रिय भएसँगै सप्तकोशी नदी आसपासका तटीय क्षेत्रमा डुबान र कटानको जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.