महिला उद्यमीको विकासका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन शाह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १४:४७

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकास र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँगको छलफलमा उनले उत्पादित वस्तुहरूको प्रवर्द्धन र ‘म उद्यमी’ ट्रेडमार्कलाई बजारमा स्थापित गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए ।

भेटका क्रममा महासंघले व्यवसायमैत्री वातावरण, सहुलियतपूर्ण ऋणको सहज पहुँच, सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता र नीति निर्माण तहमा महिला उद्यमीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

प्रधानमन्त्रीले उद्यमीका व्यवधान हटाउन र स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्रमा प्रवर्द्धन गर्न सरकार जुटिरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.