अब हुलाकबाट घरमै पुग्ने भयो नेपाल टेलिकमको सिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०७:५०

काठमाडौं । नेपाल टेलिकमले आज (शुक्रबार)देखि आफ्ना सिमकार्ड तथा अन्य आवश्यक सामग्री हुलाक सेवामार्फत ग्राहकको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ ।

नेपाल टेलिकम र हुलाक सेवा विभागबीच गत असार १८ गते भएको सम्झौता शुक्रबारदेखि कार्यान्वयनमा आएको हो । यससँगै ग्राहकले आवश्यक परे सिमकार्ड लगायतका टेलिकम सामग्री घरमै मगाउन सक्नेछन् ।

सम्झौताअनुसार सिमकार्डसँगै दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न सामग्री, कागजात तथा अन्य आवश्यक सामान पनि हुलाकमार्फत सम्बन्धित कार्यालय वा सेवाग्राहीसम्म ढुवानी गरिनेछ ।

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सम्झौतामा हस्ताक्षर गरेका थिए । यसले टेलिकमको सेवा वितरणलाई थप सहज र पहुँचयोग्य बनाउने छ ।

तपाइको प्रतिक्रिया
अस्थिरता निम्त्याउने काम नगरौँ, केन्द्रको निर्णय शिरोधार्य हुन्छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की
रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष बन्दै
दुर्घटनामा १४ जनाको मृत्यु
चिडियाखाना पुनः सञ्चालनमा
अवकाशप्राप्त करार कर्मचारी हटाइने, बाँकीलाई ‘पुल’बाट व्यवस्थापन गरिने
सुनचाँदीको मूल्य लगातार घट्दै 
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा उच्च गिरावट
मोरङको केराबारीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
हात्तीको हकमा सर्वोच्चको नयाँ नजिर, सरकारलाई सुधारको मार्गचित्र (पूर्णपाठसहित)
सुदखोरी नियन्त्रणमा सरकारको नयाँ पहल, विशेष कानुनदेखि न्यायाधिकरणसम्मको तयारी
भट्ट र अग्रवालसँग धरौटी माग, तर तत्काल रिहा नहुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.