मोरङको केराबारीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार १०:४३

विराटनगर । मोरङको केराबारीमा शुक्रबार बिहान टिपरको ठक्करबाट एक जना वृद्धा महिलाको मृत्यु भएको छ ।

टिपरले ठक्कर दिँदा केराबारी गाउँपालिका–५ की ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बालुवा लोड गरेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले मगरलाई केराबारी–५ शान्ति चोकमा बिहान ८ः५० बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धालाई तत्काल उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार घरमै पालेको खसी खेदाउने क्रममा बाटो क्रस गर्न खोज्दा वृद्धालाई टिपरले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । टिपर र चालक संखुवासभाको चैनपुर नगरपालिका–११ घर भइ सुनसरीको धरान उपमहानगरपालिका–१३ मा बस्दै आएका २३ वर्षीय विक्रम माझीलाई इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई देवेन्द्र सुवेदी नेतृत्वको टोलीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका चालकलाई अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा लगिएको छ । इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
मन्त्रालय घटेपछि नयाँ जिम्मेवारी
अस्थिरता निम्त्याउने काम नगरौँ, केन्द्रको निर्णय शिरोधार्य हुन्छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की
रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष बन्दै
दुर्घटनामा १४ जनाको मृत्यु
चिडियाखाना पुनः सञ्चालनमा
अवकाशप्राप्त करार कर्मचारी हटाइने, बाँकीलाई ‘पुल’बाट व्यवस्थापन गरिने
सुनचाँदीको मूल्य लगातार घट्दै 
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा उच्च गिरावट
मोरङको केराबारीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
हात्तीको हकमा सर्वोच्चको नयाँ नजिर, सरकारलाई सुधारको मार्गचित्र (पूर्णपाठसहित)
सुदखोरी नियन्त्रणमा सरकारको नयाँ पहल, विशेष कानुनदेखि न्यायाधिकरणसम्मको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.