एम्सका डा. यादव आबद्धः विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने पारस अस्पतालकाे प्रतिबद्धता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार १७:४०
एम्सका डा. यादव आबद्धः विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने पारस अस्पतालकाे प्रतिबद्धता

विराटनगर । विराटनगर–११ स्थित पारस मल्टिस्पेसलिटी अस्पतालले आफ्नो विशेषज्ञ स्वास्थ्य सेवालाई थप सुदृढ बनाउँदै भारतको एम्स अस्पतालका वरिष्ठ चिकित्सक डा. विमलेश यादवलाई भित्र्याएको छ । वरिष्ठ फिजिसियन डा. यादवले शुक्रबारबाट औपचारिक रूपमा आफ्नो सेवा पारस अस्पतालबाट सुरु गरेको छन् ।

विशेषज्ञ चिकित्सकको आगमनसँगै अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा विपन्न र असहाय बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने बताएको छ । अस्पतालमा आयोजित स्वागत कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष डा. सफिउर रहमानले एम्समा लामो अनुभव सँगालेका डा. यादवको आबद्धताले पूर्वी नेपालका बिरामीले अब आफ्नै दैलोमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाउने बताए । ‘मधुमेह, उच्च रक्तचाप, थाइराइड र जटिल आन्तरिक रोगको उपचारका लागि अब भारत वा काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ,’ उनले प्रस्टाए ।

स्वास्थ्य सेवालाई सेवामूलक बनाउने उद्देश्यका साथ पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निःशुल्क उपचारको व्यवस्था गरिएको अध्यक्ष रहमानले स्पष्ट पारे । सोही अवसरमा अस्पतालका डा. मुनेश्वर साहलाई मेडिकल डाइरेक्टरको जिम्मेवारी सुम्पिएको घोषणा गरिएको थियो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमनारायण मेहताले तीन वर्ष नपुग्दै अस्पतालले ठूलो फड्को मारेको जानकारी दिए । १६ जना कर्मचारीबाट सुरु भएको यस अस्पतालमा हाल १३६ जना जनशक्ति कार्यरत छन् । ५० शय्याबाट सुरु भएको अस्पताललाई निकट भविष्यमै ३ सय शय्याको बहु विशेषज्ञ अस्पतालका रूपमा विकास गर्ने योजना रहेको मेहताले सुनाए । उनका अनुसार हाल अस्पतालमा उपचार गराउनेमध्ये करिब ८० प्रतिशत बिरामी सीमावर्ती भारतीय सहरहरूबाट आउने गरेका छन् ।

डा. यादवले एम्समा आर्जन गरेको ज्ञान र सीपलाई यहाँका बिरामीको सेवामा पूर्ण रूपमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे । अत्याधुनिक उपकरण र थप विशेषज्ञ सेवा विस्तारमा केन्द्रित पारस अस्पतालले पछिल्लो समय विशिष्टीकृत उपचारका लागि आफूलाई अब्बल साबित गर्दै लगेको छ ।

तपाइको प्रतिक्रिया
एम्सका डा. यादव आबद्धः विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने पारस अस्पतालकाे प्रतिबद्धता
एम्सका डा. यादव आबद्धः विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने पारस अस्पतालकाे प्रतिबद्धता
रोम विधान अनुमोदन गर्न सरकारलाई अधिकारकर्मीको आग्रह 
रोम विधान अनुमोदन गर्न सरकारलाई अधिकारकर्मीको आग्रह 
हङकङमा रहेका देउवाको हात भाँच्चियाे
इरानका रणनीतिक महत्वको क्षेत्रमा अमेरिकी आक्रमण
‘एमाले विशाल वृक्ष हो’ : अध्यक्ष ओली
शनिबारदेखि मौसमी प्रणाली थप सक्रिय, सतर्कता अपनाउन आग्रह
मन्त्रालय घटेपछि नयाँ जिम्मेवारी
अस्थिरता निम्त्याउने काम नगरौँ, केन्द्रको निर्णय शिरोधार्य हुन्छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की
रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष बन्दै
दुर्घटनामा १४ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×