
विराटनगर । मोरङको लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर लेटाङ–४ का जितेन राईका १२ वर्षीय छोरा साबेहाङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ । साबेहाङलाई नहरमा डुबेर अचेत भएको अवस्थामा उद्धार गरेर शुक्रबार दिउँसो ३ः३० बजेतिर उपचारका लागि नगर अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा अपरान्ह ४ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।



















