कारागारमा तनाव, कैदीबन्दीद्वारा मट्टितेल छर्केर आत्मदाहको प्रयास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार ११:४५

सप्तरी । सप्तरीको राजविराज कारागारमा शनिबार बिहान पाँच जना कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् । कारागारभित्र उत्पन्न विवादपछि उनीहरूले आत्मदाहको प्रयास गर्दा कारागारमा तनाव भएको छ ।

कारागार प्रशासनका अनुसार केही दिनयता कैदीबन्दीबीच आन्तरिक विवाद भइरहेका बेला असन्तुष्ट पक्षले शनिबार बिहान आत्मदाहको प्रयास गरेको हो । कारागार प्रमुख रुपक मण्डलले घटनाको पुष्टि गर्दै आत्मदाहको प्रयास भए पनि तत्काल चिकित्सक र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति नभएको जानकारी दिए । उनले विवादको वास्तविक कारणका बारेमा भने खुलाउन चाहेनन् ।

Advertisement

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार चौकीदारले एक कैदीलाई सामान्य कुटपिट गरेपछि विवाद चर्किएको थियो । त्यसपछि केही कैदीबन्दीले विरोधस्वरूप मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । प्रमुख जिल्ला अधिकारी थापाले सम्बन्धित पक्षसँग छलफल र सम्झाइबुझाइ गरेपछि अहिले कारागारको अवस्था नियन्त्रणमा रहेको तथा स्थिति सामान्य बन्दै गएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×