झापामा करेन्ट लागेर दुई युवकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १५:५४

विराटनगर । झापाका करेन्ट लागेर दुई युवककाे मृत्यु भएकाे छ । कचनकवल गाउँपालिका र गौरादह नगरपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई युवकले ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवल गाउँपालिका–३ पाँचबिगेका २४ वर्षीय कमल गदाइलीको जंगली हात्ती रोकथामका लागि आफ्नै बारीमा जडान गरिएको विद्युतीय तारको करेन्ट लागेर मृत्यु भएको हो ।

Advertisement

शुक्रबार राति करिब ९ बजे करेन्ट लागेर गम्भीर घाइते भएका गदाइलीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

झापाकै गौरादह नगरपालिका–६ बिरवल चोकका २५ वर्षीय बिनोद शर्माको पनि आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साँझ करिब ७:४५ बजे घरमा रहेको फलामको स्ट्यान्ड भएको पंखा चलाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
पातालगंगा सहकारी ठगी प्रकरण : अध्यक्ष खनाललाई ६ वर्ष कैद सजाय, परिवारका सदस्य दोषी ठहर
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’ : माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’: माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
झापामा करेन्ट लागेर दुई युवकको मृत्यु
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
काठमाडौंबाट धरान आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते 
नयाँ समीकरणका लागि कांग्रेस-एमाले फकाउँदै नेकपा
२३ जिल्लामा राती सवारी चलाउन रोक
बागमती सरकारबाट बाहिरिँदै एमाले : ६ मन्त्रीले सामूहिक राजीनामा दिने
‘प्रदेश सरकारको अस्थिरतामा एमाले-कांग्रेस नै दोषी, प्रदेशसभा विघटनको हल्ला निराधार’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×