तीनवटा सवारी ठोक्किँदा ३३ घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार १०:१०

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु प्र ०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा प्र ०३–००१ ख १६७१ नम्बरको ट्रक ठोक्किएर बिहान ७ः१० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ३३ जनालाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

घाइतेमध्ये २४ जना नयाँ मेडिकल कलेज र नौ जना पुरानो मेडिकल कलेजमा उपचाररत छन् । दुर्घटनापछि केही समय सडक दुवैतर्फ अवरुद्ध भएको थियो । प्रहरीले अवरोध हटाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आइसकेको छ ।

तपाइको प्रतिक्रिया
विश्वकपको आर्थिक चमत्कार : फिफाले कमायो १५ अर्ब डलर, फ्रान्स बन्यो सबैभन्दा मूल्यवान राष्ट्रिय टोली
साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनको भिड
पहिचान नखुलेको सवारीको ठक्करबाट कानेपोखरीमा एक जनाको मृत्यु
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
 फिफा विश्वकप २०२६ः अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन दोस्रो पटक विश्व विजेता
फिफा विश्वकप २०२६: अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन दोस्रो पटक विश्व विजेता
देशभर मनसुन सक्रिय: कोशी र सुदूरपश्चिमसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना 
देशभर मनसुन सक्रिय: कोशी र सुदूरपश्चिमसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
डीडीसीका पूर्वप्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी
डीडीसीको दूध संकलनमा नयाँ नियम : साउन मसान्तभित्र नवीकरण नगरे दूध नलिने
काेशीमा बढ्याे पानीकाे बहाव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×