देशभर मनसुन सक्रिय: कोशी र सुदूरपश्चिमसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार ०७:०२
देशभर मनसुन सक्रिय: कोशी र सुदूरपश्चिमसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशभर वर्षाको गतिविधि बढेको हो ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Advertisement

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र तराईका धेरै क्षेत्रमा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा वर्षा हुने देखिन्छ ।

हिमाली भू–भागका केही स्थानमा भने मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति पनि मौसममा सुधार हुने देखिँदैन । देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा वर्षा जारी रहनेछ । मधेस प्रदेश र सुदूरपश्चिमका धेरै स्थान तथा कर्णालीका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

भारी वर्षा र मेघ गर्जनका कारण पहाडी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र तराईमा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् । साथै, यात्रा गर्दा र बाहिरी काममा निस्कँदा मौसमको अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोलकाता–विराटनगर कार्गो रेल सुरु : ढुवानी लागत ४० प्रतिशत घट्ने, निजी क्षेत्र उत्साहित
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
मदन पुरस्कारको सर्टलिस्टमा सीमा आभासको ‘महायुग’
सरकारी सेवा थप सहज बनाउन एकद्वार प्रणाली लागू गरिने
उद्धार र राहतलाई प्रभावकारी बनाऔँ
सेयर बजारमा उत्साह, नेप्से एक महिनायताकै उच्च विन्दुमा
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल विराटनगर आइपुग्याे
हराएका १४ महिला सकुशल परिवारको सम्पर्कमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×