विश्वकपमा एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, व्यक्तिगत अवार्डमा स्पेनको दबदबा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार १०:१९

काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै नयाँ इतिहास रचेका छन् । विश्वकप इतिहासमा लगातार दुई संस्करणमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने उनी पहिलो खेलाडी बनेका हुन् ।

एम्बाप्पेले प्रतियोगिताभर ८ खेलमा १० गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । फ्रान्स फाइनल पुग्न नसके पनि तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गर्दै उनले गोल संख्या १० पुर्‍याएका थिए । त्यससँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

Advertisement

इंग्ल्यान्डविरुद्धको खेलको ४८औँ मिनेटमा पहिलो गोल गर्दै उनले मेस्सीको विश्वकप गोलको कीर्तिमान बराबरी गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा अर्को गोल थप्दै एम्बाप्पेले विश्वकप इतिहासमा कुल २२ गोल पुर्‍याएर नयाँ रेकर्ड कायम गरे । यसअघि उनले कतारमा सन् २०२२ मा सम्पन्न विश्वकपमा ८ गोल गर्दै पहिलो पटक गोल्डेन बुट जितेका थिए ।

यता, विश्व विजेता बनेको स्पेनले व्यक्तिगत अवार्डमा पनि आफ्नो प्रभाव जमाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै स्पेनका मिडफिल्डर रोड्रिले प्रतिष्ठित ‘गोल्डेन बल’ जिते भने युवा डिफेन्डर पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए ।

स्पेनका गोलरक्षक उनाई सिमोनले प्रतियोगिताभर सात खेल खेल्दा एक गोल मात्र बेहोरेपछि उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जित्न सफल भए । उपाधिसँगै स्पेनका खेलाडीहरूले प्रमुख व्यक्तिगत अवार्डमा वर्चस्व कायम गर्दा फ्रान्सका एम्बाप्पेले भने व्यक्तिगत रूपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै विश्व फुटबलमा आफ्नो नाम थप उचो बनाएका हुन् ।

तपाइको प्रतिक्रिया
कोलकाता–विराटनगर कार्गो रेल सुरु : ढुवानी लागत ४० प्रतिशत घट्ने, निजी क्षेत्र उत्साहित
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
मदन पुरस्कारको सर्टलिस्टमा सीमा आभासको ‘महायुग’
सरकारी सेवा थप सहज बनाउन एकद्वार प्रणाली लागू गरिने
उद्धार र राहतलाई प्रभावकारी बनाऔँ
सेयर बजारमा उत्साह, नेप्से एक महिनायताकै उच्च विन्दुमा
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल विराटनगर आइपुग्याे
हराएका १४ महिला सकुशल परिवारको सम्पर्कमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×