च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार १०:३०
सांकेतिक तस्बिर ।

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा च्याउ खोज्न गएका १४ जना महिला आइतबारदेखि सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोलका महिलाहरू आइतबार बिहान करिब ११ बजे मालुमेला पोष्ट हुँदै निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए । त्यसपछि उनीहरूसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू ९ र ५ जनाको दुई समूह बनाएर जंगलभित्र च्याउ खोज्न गएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका हुन् ।

डीएसपी रावतले बेपत्ता महिलाहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिँदै जंगल क्षेत्रमा खोजी कार्य तीव्र पारिएको बताए । उनीहरूको अवस्था र सम्पर्कविहीन हुनुको कारणका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोलकाता–विराटनगर कार्गो रेल सुरु : ढुवानी लागत ४० प्रतिशत घट्ने, निजी क्षेत्र उत्साहित
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
मदन पुरस्कारको सर्टलिस्टमा सीमा आभासको ‘महायुग’
सरकारी सेवा थप सहज बनाउन एकद्वार प्रणाली लागू गरिने
उद्धार र राहतलाई प्रभावकारी बनाऔँ
सेयर बजारमा उत्साह, नेप्से एक महिनायताकै उच्च विन्दुमा
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल विराटनगर आइपुग्याे
हराएका १४ महिला सकुशल परिवारको सम्पर्कमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×