
काठमाडौं। काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।
काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले आत्मदाह प्रयास गरेकी हुन् ।
मंगलबार राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी उनलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा भर्ना गरिएको छ ।
गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।



















