बाढीमा एक बेपत्ता, उद्धार कार्य प्रभावित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ०७:४०

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा मंगलबार राति आएको बाढीले ७३ वर्षीय चसमान तामाङलाई बगाएर बेपत्ता बनाएको छ । बाढीले उनको गाईबाख्राको गोठसमेत बगाएको छ।

बाढीका कारण सिप्रिङ खोला जलविद्युत् आयोजनामा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भिरको खुड्किलोमा अड्किएका छन् । उनीहरू रहेको स्थान पनि जोखिमपूर्ण रहेकाले तत्काल उद्धार गर्न कठिनाइ भइरहेको गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए । उनका अनुसार खोलामा निरन्तर बाढी आइरहेकाले उद्धार कार्य प्रभावित भएको छ ।

Advertisement

दोलखाका प्रहरी प्रमुख डीएसपी मनोज लामाका अनुसार सिंगटी र रोल्वालिङबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । दुर्गम क्षेत्र भएकाले पैदल हिँडेर पुग्नुपर्ने हुँदा घटनास्थल पुग्न केही समय लाग्ने उनले बताए । प्रहरी घटनास्थल पुगेपछि थप विवरण आउने जानकारी उनले दिए ।

बाढीले सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्याम साइटमा समेत क्षति पुर्‍याएको छ । साथै, खोलाले दुवै किनारतर्फ व्यापक कटान गरेको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×