कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १९:१२

विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य टुटेपछि कोशी प्रदेशमा पनि नयाँ सरकार गठनकाे जाेडघटाउ सुरु भएकाे छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा )बीच प्रदेश तहमा सहकार्य गर्ने समझदारी बनेसँगै नयाँ सरकार गठनकाे गृहकार्य सुरु भएकाे हाे ।

प्रदेशकाे प्रमुख नेकपाले प्रदेशमा एमालेसँग सहकार्य गर्दा प्रदेशको नेतृत्व पाउनु पर्ने दाबी गरेकाे छ ।

Advertisement

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्तापछि दुई दल प्रदेशमा पनि मिलेर जान तयार भएका थिए । सोही सहमति अनुसार बागमती प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । कोशीमा पनि वाम गठबन्धनको सरकार बनाउने गृहकार्य सुरु भएपछि नेकपाले मुख्यमन्त्रीको अडान राखेको हाे ।

नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नेतृत्वका लागि आफूहरूले बलियो अडान राखेको बताए । पछिल्लो समय एमालेले पटक-पटक नेतृत्व गरिसकेकाले अबको पालो नेकपाकाे हुनुपर्ने उनको तर्क छ । ‘कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारले चारवटा बजेट ल्याइसकेको छ । अब नयाँ सहकार्य हुने हो भने नेतृत्व नेकपाले  पाउनुपर्छ भन्ने सर्त हामीले नेतृत्वलाई राखेका छौँ,’ आङ्बोले भने, ‘अध्यक्ष प्रचण्डले यसमा सकारात्मक जवाफ दिनुभएको छ । बिहीबार एमाले अध्यक्ष ओलीसँग हुने थप छलफलपछि यसको टुङ्गो लाग्नेछ ।’

एमालेभित्र अन्तर्विरोध

एमाले र कांग्रेसबीचको सहकार्य टुट्नुमा कोशी प्रदेशकै नेतृत्वको विषय मुख्य कारण बनेको थियो । आलोपालोको सहमति अनुसार कांग्रेसले नेतृत्व पाउने बेला एमाले अध्यक्ष ओलीले हिक्मतकुमार कार्कीलाई हटाएर एमालेकै अर्का नेतालाई मुख्यमन्त्री बनाउनुपर्ने सर्त राखेपछि विवाद बढेको थियो ।

स्रोतका अनुसार ओली वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फेरेर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । तर, एमाले महासचिव शङ्कर पोखरेललगायतका नेताहरू भने कार्कीकै निरन्तरताको पक्षमा छन् ।  ‘अध्यक्ष ओलीले हिक्मत कार्कीलाई रोक्नकै लागि  नेकपालाई नेतृत्व सुम्पिने सम्भावना पनि छ,’एमालेका एक केन्द्रीय सदस्यले भने,’एमालेको पहिलो प्राथमिकता आफ्नै नेतृत्व हो, तर व्यक्तिको हकमा भने फरक मत छ ।’

सरकारबाट बाहिरिने तयारीमा कांग्रेस

यता, सत्ता साझेदार दल नेपाली कांग्रेस भने सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको छ । एमाले र नेकपाबीचको नयाँ समीकरण तय भएसँगै कांग्रेसले प्रतिपक्षमा बस्ने तयारी गरेको हो ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रको निर्देशन पर्खिरहेको जानकारी दिए । ‘केन्द्रको निर्देशनका कारण मन्त्रीहरूको राजीनामा केही समय रोकिएको हो,’ तामाङले भने, ‘अब १-२ दिनभित्रै सरकारबाट बाहिरिने विषयमा औपचारिक निर्णय हुन्छ ।’

तपाइको प्रतिक्रिया
हुलाकी सडकको खाल्डाखुल्डीमा छटपटाउँदै बित्याे सतलालको जीवन
नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा
मोरङको उर्लाबारीमा दुई वर्षअघि छोरी बलात्कृत, बल्ल पक्राउ परे बाबु
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×