इलाममा बोलेरो दुर्घटना, चालकसहित ७ जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १६:१८

इलाम । इलाम नगरपालिका–८ स्थित बज्रदेवी क्षेत्रमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार झापाबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–००१ ज ४१३२ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेर बिहीबार दिउँसो करिब १ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट इन्स्पेक्टरको नेतृत्वमा टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

घाइते हुनेमा झापाको कन्काई नगरपालिका–९ का ४० वर्षीय नाजु आलम (टाउकोमा चोट, मध्यम अवस्था), सोही स्थानका ४७ वर्षीय गोपालप्रसाद दुलाल (निधार र दाहिने काँधमा चोट, सामान्य), सुनसरीको धरान उपमहानगरपालिका–१० की ३६ वर्षीया रिता चेम्जोङ (टाउको, निधार, दाहिने हात र बायाँ खुट्टामा चोट, सामान्य), गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३३ वर्षीय रमेश चेम्जोङ (बायाँ खुट्टामा चोट, सामान्य), झापाको दमक नगरपालिका–७ का २२ वर्षीय रोहिन लावती (निधारमा चोट, सामान्य), सुनरीको धरान उपमहानगरपालिका–१० का ७३ वर्षीय महेश कुमार राई (टाउको, छाती र ढाडमा चोट, मध्यम) तथा उनका ३४ वर्षीय छोरा मनकुमार राई (दाहिने पातामा चोट, सामान्य) रहेका छन् । प्रहरीका अनुसार सबै घाइते उपचाररत छन् भने दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
मधेशप्रदेशका पूर्वअर्थमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
किन पक्राउ परिन वेदिका केसी ?
ताप्लेजुङमा मतदाताको संख्या ९६ हजार नाघ्यो 
ताप्लेजुङमा मतदाताको संख्या ९६ हजार नाघ्यो 
जलनको उपचार अब विराटनगरमै, नोबेलमा कोशीकै पहिलो बर्न युनिट सञ्चालन
इलाममा बोलेरो दुर्घटना, चालकसहित ७ जना घाइते
मोरङमा सशस्त्रद्वारा १४ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद
विराटनगरका स्वास्थ्य संस्थामा मौसमी बिरामीको भिड, भाइरल ज्वरो र पखालाका अत्यधिक
अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर घाइते, समयमा उपचार नपाउँदा मृत्यु
कानेपोखरी ‘हिट एण्ड रन’ प्रकरण : फुटेका टुक्राको सहाराले चार दिनपछि पक्राउ परे सरकारी चालक
विराटनगरको काली मन्दिरको अतिक्रमित घरजग्गा फिर्ता, धर्मशाला बनाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×