
विराटनगर । ताप्लेजुङ जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने नागरिकहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । जिल्ला निर्वाचन कार्यालयको पछिल्लो तथ्यांकअनुसार जिल्लामा हालसम्म कुल मतदाताको संख्या ९६ हजार २३८ पुगेको छ ।
कार्यालयका अनुसार कुल मतदातामध्ये ५१ हजार ८१८ पुरुष र ४४ हजार ४२० महिला रहेका छन् । जिल्लामा हालसम्म अन्य मतदाताको संख्या भने शून्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलाल (विपिन)का अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समयमा जिल्लामा ९० हजार ३२७ मतदाता रहेका थिए । त्यस समयमा ४८ हजार २८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता कायम थिए । निर्वाचनपछिको अवधिमा मतदाताको संख्या ५ हजार ९११ ले वृद्धि भएको देखिन्छ।
जिल्ला निर्वाचन कार्यालयले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरिसकेका तर मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई अनलाइनमार्फत पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने जनाएको छ।

























