
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ डाँडागाउँमा घरको फलैँचाबाट लड्दा एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय कुमार गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार साँझ करिब ६ः३० बजेतिर घरमा रहेको सिमेन्टको फलैँचामा सुतिरहेका बेला उनी अचानक तल खसेका थिए ।
लडेर गम्भीर चोट लागेका गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।



















