राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १९:३६
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै चालू शैक्षिक सत्रबाट ‘होटेल म्यानेजमेन्ट’ र ‘ब्युटिसियन एन्ड हेयर डिजाइन’ विषयको पढाइ सुरु गरेको छ । विद्यालयले रोजगारमुखी प्राविधिक विषयहरू थप गरेपछि विद्यार्थीहरूको आकर्षण निकै बढेको छ ।

विद्यालयले शुक्रबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत र सिभिल इन्जिनियरिङ तेस्रो वर्ष अध्ययन पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गर्दै व्यावसायिक शिक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले रोजगारसँग जोडिएको शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई सीप, ज्ञान र व्यवहारिक क्षमतासहित सक्षम बनाउने उद्देश्यले नयाँ विषय सञ्चालन गरिएको बताए ।

Advertisement

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले सरकारी विद्यालयले समयअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्दै विद्यार्थीलाई सीपसँग जोड्नुपर्ने बताइन् । उनले प्राविधिक तथा व्यावसायिक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताइन् ।

पूर्वाञ्चल विश्वविद्यालय फ्याकल्टी अफ म्यानेजमेन्टका निवर्तमान डिन प्रा.डा. सन्देशदास श्रेष्ठ, जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष विकास केसी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन पराजुली, पूर्वराष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ र ब्युटिसियन बिजुबैनी श्रेष्ठले शिक्षा, उद्यमशीलता, खेलकुद तथा व्यावसायिक सीपका क्षेत्रमा रहेका अवसरबारे विद्यार्थीलाई प्रेरणादायी अनुभव र सुझाव प्रस्तुत गरे ।

कार्यक्रममा विद्यालयमा अध्ययन गरी हाल विभिन्न सरकारी निकायमा कार्यरत पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा इटहरी–४ का प्राविधिक युवराज तिवारी, ग्रामथान गाउँपालिका मोरङकी प्राविधिक वर्षा ढकाल, इटहरी–१ की प्राविधिक रोजिना श्रेष्ठ, चौदण्डीगढी गाउँपालिकाका प्राविधिक सुजन मगर, इटहरी–२० की प्राविधिक दीपा भण्डारी, इटहरी–१२ की प्राविधिक पूजा सिवा तथा राष्ट्रिय वाणिज्य बैंक धरानमा कार्यरत चिरञ्जीवी खतिवडा रहेका छन् ।

यस्तै, शैक्षिक सत्र २०८२ मा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरियो । कम्प्युटर विज्ञानतर्फ आयुष खतिवडाले ३.८१ जीपीए, व्यवस्थापन अंग्रेजी माध्यमतर्फ अनुशा रिजालले ३.६५ जीपीए र कम्प्युटर विज्ञानतर्फ आशिका प्रधानले ३.६० जीपीए प्राप्त गरेका थिए ।

विद्यालयले शैक्षिक सत्र २०८२ मा अनुशासन, नियमित उपस्थिति, उत्कृष्ट अध्ययन तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय योगदान पुर्‍याउने विद्यार्थीलाई समेत सम्मान गरियो ।  सम्मानित हुने विद्यार्थीहरूमा विज्ञान समूहबाट सन्देश लिम्बू र जेनि मगर, होटेल म्यानेजमेन्ट समूहबाट रुकमणि कार्की र मेलिना खड्का, व्यवस्थापन समूहबाट प्रतिमा कटुवाल, व्यवस्थापनअन्तर्गत कम्प्युटर विज्ञान समूहबाट प्रशिका श्रेष्ठ, शिक्षा समूहबाट प्रज्ञान राई, प्राविधिक शिक्षातर्फ संजीव तिम्सिना तथा अतिरिक्त क्रियाकलापतर्फ विज्ञान समूहकी करुणा खड्का रहेका छन् ।

कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विज्ञान, शिक्षा, व्यवस्थापन, होटेल म्यानेजमेन्ट तथा ब्युटिसियन समूहका ३७५ जना विद्यार्थीको १८ औँ ब्याचलाई स्वागत गरिएको थियो ।  डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष अध्ययन पूरा गरेका २३ जना विद्यार्थीको आठौँ ब्याच बिदाइ गरिएको थियो ।

कक्षा १२ शिक्षा समूहकी दृष्टि तिवारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इटहरी–१ का अध्यक्ष रतन कार्कीलगायतले शुभकामना व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×