भारत पुगे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र मन्त्रालयले भन्यो, ‘औपचारिक जानकारी छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १९:१६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणका बारेमा परराष्ट्र मन्त्रालयले आफूलाई औपचारिक जानकारी नभएको जनाएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले बेनको भारत भ्रमणका बारेमा प्रश्न उठाएपछि मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयसँग त्यससम्बन्धी कुनै औपचारिक विवरण नरहेको बताएका हुन् । ‘यस विषयमा मन्त्रालयलाई औपचारिक जानकारी प्राप्त भएको छैन,’ प्रवक्ता क्षेत्रीले भने ।

Advertisement

यसअघि विभिन्न सञ्चारमाध्यमले कुमार बेन जुलाइको पहिलो साता भारतको नयाँ दिल्ली पुगेको र त्यहाँ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्च तहका अधिकारीसँग भेटवार्ता गरेको समाचार सार्वजनिक गरेका थिए । यद्यपि, उक्त भ्रमणका बारेमा नेपाल सरकारले हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन । प्रधानमन्त्री सचिवालयले पनि भ्रमणको उद्देश्य, भेटघाट वा उपलब्धिका बारेमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

स्रोतका अनुसार बेन पर्साको रक्सौल नाका हुँदै स्थलमार्गबाट भारत प्रवेश गरी नयाँ दिल्ली पुगेका थिए । तर, भ्रमण सरकारी जिम्मेवारीअन्तर्गत भएको हो वा व्यक्तिगत पहलमा भएको हो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले नै भ्रमणका बारेमा जानकारी नभएको बताएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भारत भ्रमणलाई लिएर थप जिज्ञासा र चासो बढेको छ ।

तपाइको प्रतिक्रिया
विद्यार्थीमाथि प्रहरीको बल प्रयोग, सर्वोच्च अदालतमा सुनुवाइको तयारी
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
स्क्यामिङ जालोबाट ८६० नेपाली स्वदेश फर्काइए, कम्बोडियाको जेलमा अझै ४९ नागरिक
राजदूत नियुक्तिमा ढिलाइ, पुरानैलाई थप जिम्मेवारी
पहिरोले जिप पुरिँदा १३ जनाको मृत्यु
भारत पुगे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र मन्त्रालयले भन्यो, ‘औपचारिक जानकारी छैन’
सीमामा शरणार्थी चुनौती
सीमामा अब सादा टोली
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा, सभामुखले सम्हाल्नेछन् कार्यभार
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×