स्क्यामिङ जालोबाट ८६० नेपाली स्वदेश फर्काइए, कम्बोडियाको जेलमा अझै ४९ नागरिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १९:३६

काठमाडौं । दक्षिण–पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ नेटवर्कमा फसेका ८६० जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उद्धारको पछिल्लो विवरण सार्वजनिक गर्दै अझै कम्बोडियाको जेलमा ४९ जना नेपाली रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा धेरै ७३३ जना कम्बोडियाबाट स्वदेश फर्काइएका छन् ।

Advertisement

त्यस्तै, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जनाको उद्धार गरिएको उनले जानकारी दिए । कम्बोडियाको जेलमा रहेका ४९ नेपालीको रिहाइ तथा आवश्यक कानुनी प्रक्रियाका लागि नेपाली दूतावासले स्थानीय निकायसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङका नाममा गैरकानुनी रूपमा विदेश पठाउने गिरोहविरुद्ध कानुनी कारबाही अघि बढाउन पीडितका परिवार तथा आफन्तलाई यथार्थ विवरणसहित नेपाल प्रहरी र सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरेको छ । मन्त्रालयमा उद्धारका लागि निवेदन दिनुअघि मानव तस्करी वा अवैध रूपमा विदेश पठाउने व्यक्तिविरुद्ध कानुनी प्रक्रिया सुरु गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

यसैबीच, मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वको अवस्थालाई सरकारले नजिकबाट निगरानी गरिरहेको जनाएको छ । प्रवक्ता पौडेलले शान्ति सम्झौताको प्रभावकारी कार्यान्वयन हुन नसक्दा द्वन्द्व थप लम्बिन सक्ने संकेत देखिएको र त्यसले नेपाली नागरिकको सुरक्षा, रोजगारी तथा नेपालको अर्थतन्त्रमा समेत असर पार्न सक्ने बताए ।

उनका अनुसार हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको कुनै सूचना प्राप्त भएको छैन । सरकारले त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा निरन्तर निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।

मन्त्रालयले वार्ता र कूटनीतिक माध्यमबाट मात्रै दीर्घकालीन शान्ति सम्भव हुने विश्वास व्यक्त गर्दै ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गको निर्बाध सञ्चालन तथा क्षेत्रीय शान्ति कायम गर्ने अन्तर्राष्ट्रिय प्रयासमा नेपालको समर्थन रहेको दोहोर्याएको छ ।

तपाइको प्रतिक्रिया
विद्यार्थीमाथि प्रहरीको बल प्रयोग, सर्वोच्च अदालतमा सुनुवाइको तयारी
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
स्क्यामिङ जालोबाट ८६० नेपाली स्वदेश फर्काइए, कम्बोडियाको जेलमा अझै ४९ नागरिक
राजदूत नियुक्तिमा ढिलाइ, पुरानैलाई थप जिम्मेवारी
पहिरोले जिप पुरिँदा १३ जनाको मृत्यु
भारत पुगे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र मन्त्रालयले भन्यो, ‘औपचारिक जानकारी छैन’
सीमामा शरणार्थी चुनौती
सीमामा अब सादा टोली
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा, सभामुखले सम्हाल्नेछन् कार्यभार
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×