कम्युनिस्ट एकतामा प्रचण्डको जोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार १३:५४

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा कमजोर बनेको कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताको योगदान स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न एकता आवश्यक रहेको बताए । कम्युनिस्ट एकतामा जोड दिँदै प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौतीको सामना गर्न, निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्न र दृढ संकल्पका साथ अघि बढ्न सबै कम्युनिस्ट शक्ति प्रतिबद्ध हुनुपर्ने धारणा राखे ।

Advertisement

उनले नरबहादुर कर्माचार्यले पुष्पलालका सहयोद्धाका रूपमा मजदुर आन्दोलन, वर्ग संघर्ष र क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विचार, निष्ठा र उद्देश्यप्रति जीवनभर अडिग रहनु नै सच्चा क्रान्तिकारीको विशेषता भएको बताए । प्रचण्डले केही समय मात्र सक्रिय रहनुभन्दा जीवनभर आफ्नो राजनीतिक विश्वास र उद्देश्यप्रति समर्पित रहनु कठिन भए पनि नरबहादुर कर्माचार्य अन्तिम समयसम्म क्रान्तिकारी आन्दोलनमै दृढतापूर्वक सक्रिय रहेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×