मोरङ धनपालथानको पोखरीमा डुबेर बालिकाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार १४:५८

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ स्थित पोखरीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ ।

धनपालथान–३ का जोगन मुर्मूकी १२ वर्षीया छोरी जेविना मुर्मूको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार आफ्नो घरदेखि करिब ४ सय मिटर परको पोखरीमा डुबेर जेविनाको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार ४–५ जना साथीहरुसँग खेल्दै जाने क्रममा जेविना धनपालथान–३ स्थित दिनेश मण्डलको पोखरीमा दिउँसो १ बजेतिर डुबेकी थिइन् । उनीसँगै रहेका साथीहरुले जानकारी गराएपछि स्थानीयले जेविनालाई बाहिर निकालेर घर लगेका थिए ।

घटनाको जानकारी पाएर प्रहरी पुग्दा बालिकाको शव घरमै थियो । स्थानीयले पोखरीबाट शव निकालेर घरमा लगेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×