पाँच प्रदेशमा सत्ता बाँडफाँट, दुई प्रदेशका लागि थप छलफलको सहमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार १८:०६

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सबै प्रदेश सरकारमा संयुक्त रूपमा सहकार्य गर्ने सहमति भएको छ ।

प्रदेश सरकारहरूलाई स्थिर, प्रभावकारी र विकासमुखी बनाउने उद्देश्यसहित दुई दलले सत्ता साझेदारीको समझदारी गरेका हुन् । शनिबार सार्वजनिक गरिएको सहमतिपत्रमा प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई अघि बढाउने लक्ष्य राखिएको उल्लेख गरिएको छ ।

Advertisement

सहमतिअनुसार प्रदेशसभामा दुवै दलले संयुक्त सरकार गठन गर्नेछन् । कोशी, बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।

मधेश र गण्डकी प्रदेशमा भने सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी नेतृत्व र सरकारमा सहभागिताको स्वरूप टुंग्याइने सहमतिमा उल्लेख छ । दुई दलबीच भएको सहमतिपत्रमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
शिक्षामन्त्रीको राजीनामापछि एक महिनादेखिको आन्दोलन फिर्ता
बोलाएको बखत उपस्थित हुने सर्तमा छुटे मुकेश कार्की
स्काउट विघटनविरुद्ध कोशीको विद्रोह, निर्णय फिर्ता नभए आन्दोलनको चेतावनी
पाँच प्रदेशमा सत्ता बाँडफाँट, दुई प्रदेशका लागि थप छलफलको सहमति
अविश्वास प्रस्तावमाथिको छलफलअघि नै मुख्यमन्त्रीको राजीनामा
मोरङ धनपालथानको पोखरीमा डुबेर बालिकाको मृत्यु
गाँजा ओसारपसारमा सुरक्षा दिँदै हिँडेका मोटरसाइकल चालकसहित दुई जना पक्राउ
बालकको मृत्युपछि तनाव : स्वास्थ्य केन्द्रमा तोडफोड, सडक अवरुद्ध
निर्वाचनमा नजाने दलको दर्ता खारेज प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×