प्रश्नपत्र भाइरल प्रकरणमा २ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १३:३०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरियाएको आरोपमा प्रहरीले २ दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ‘सुलभ सर’ भनिने व्यक्तिसहित २ जना रहेको र उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

Advertisement

प्रश्नपत्र बाहिरिएको समाचार सार्वजनिक भएलगत्तै शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गर्दै घटनामा संलग्नहरूलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै पुगेर प्रहरीका उच्च अधिकारी र त्रिविका पदाधिकारीहरूसँग छानबिन समिति गठन तथा आवश्यक कदमबारे छलफल गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गरेको खुलेको छ ।

गत साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा सुरु भएको ५ मिनेटमै ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाइएको पाइएको हो । फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले ह्वाट्सएप ग्रुपका स्क्रिनसटहरू सार्वजनिक गर्दै त्रिवि प्रशासनको ध्यानाकर्षण गराएपछि यो विषय सतहमा आएको हो ।

तपाइको प्रतिक्रिया
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
कांग्रेस र कम्युनिस्टका कारण देशमा भाँडभैलो मच्चियो: यादव
कांग्रेस सभापति थापाको भारत भ्रमण रद्द
लेकाली जंगलमा भेटियो हिमाली कालो भालु
इलाममा बजेट नआउँदा कडा रोगका बिरामीलाई दिइने उपचार खर्च रोकियो
प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न त्रिविले बनायो समिति
चीनमा शक्तिशाली टाइफुन, लाखौँ मानिस विस्थापित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×