बागमतीमा नयाँ सरकार गठनका लागि आज निर्णायक छलफल हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १३:४७

काठमाडौं । बागमती प्रदेशमा नयाँ सत्ता समीकरण अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन आज (आइतबार) निर्णायक छलफल हुँदैछ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितको नयाँ समीकरणले सरकारको खाका तयार पार्न आइतबार अपराह्न ४ बजे काठमाडौँमा बैठक बोलाएको छ ।

नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलका अनुसार बैठकमा सरकारको नेतृत्व, मन्त्रालयको भागबन्डा र साना दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुनेछ ।

Advertisement

चितवनमा रहेका एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया काठमाडौँ आइपुगेपछि बैठक बस्ने उनले बताए ।

नयाँ समीकरणसँग सरकार बनाउन स्पष्ट बहुमत नभएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ । राप्रपालाई सरकारमा नलिई बहुमत पुर्‍याउन कठिन हुने भएकाले उनीहरूसँग ठोस संवाद गर्ने तयारी गठबन्धनको छ ।

वर्तमान मुख्यमन्त्रीले राजीनामा नदिएको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि सत्ता साझेदार दलहरूले रणनीति बनाउने जम्कट्टेलले बताए । तत्कालै अविश्वासको प्रस्ताव लैजानु भन्दा पनि मुख्यमन्त्रीलाई विश्वासको मत लिने समयसम्म पर्खिने वा मार्ग प्रशस्त गर्न आग्रह गर्नेबारे निर्णय बैठकले गर्नेछ ।

प्रदेशलाई राजनीतिक अस्थिरताबाट जोगाउनु र प्रदेश सभा विघटन हुन नदिनु वर्तमान गठबन्धनको प्रमुख उद्देश्य रहेको उनले स्पष्ट पारे ।

केन्द्रमा भएको सहमति अनुसार बागमतीमा सरकारको नेतृत्व एमालेबाट कसले गर्ने र नेकपा तथा एमालेबिच मन्त्रालयको बाँडफाँड कसरी गर्ने भन्नेबारे बैठकमा प्रारम्भिक खाका तयार पारिनेछ ।

तपाइको प्रतिक्रिया
इरानमा तत्कालका लागि सैन्य आक्रमण रोक्न ट्रम्पको आदेश
मोबाइल नदिएको निहुँमा साथीको हत्या गरेको खुल्यो
आज राति कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
खोटाङमा पहिरोको त्रास : सिंगो गाउँ जोखिममा
वित्तीय शोषणविरुद्ध लघुवित्त पीडितहरूको प्रदर्शन
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
झापामा सुरक्षा जाँच छल्न खोजेका युवक लागूऔषधसहित पक्राउ
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×