इलाममा बजेट नआउँदा कडा रोगका बिरामीलाई दिइने उपचार खर्च रोकियो

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १४:०२

इलाम । इलाम नगरपालिकाले कडा रोगका बिरामीलाई वितरण गर्दै आएको औषधी उपचार खर्च तेस्रो र चौथो त्रैमासिकको भुक्तानी गर्न नसकिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रकम प्राप्त नभएकाले भुक्तानी रोकिएको नगरपालिकाले स्पष्ट पारेको हो ।

नगरपालिकाका अनुसार मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका करिब ९७ जना बिरामीलाई आर्थिक वर्ष २०८२/८३ को पहिलो र दोस्रो त्रैमासिक (साउनदेखि पुससम्म) को रकम भुक्तानी भइसकेको छ ।

बाँकी तेस्रो र चौथो त्रैमासिकका लागि अपुग बजेट निकासा गरिदिन मन्त्रालयमा पत्राचारका साथै पटक-पटक ताकेता गर्दा पनि रकम प्राप्त नभएको नगरपालिकाले जनाएको छ ।

मन्त्रालयबाट बजेट प्राप्त हुनासाथ सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम जम्मा गरिने नगरपालिकाले स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×