कांग्रेस सभापति थापाको भारत भ्रमण रद्द

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १४:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । पार्टीको जनसम्पर्क समिति भारतको महाधिवेशनमा प्रमुख अतिथिका रूपमा जाने तय भए पनि भारतमा जारी आन्दोलनका कारण उनले भ्रमण रद्द गरेका हुन् ।

कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार भारतमा चर्किएको आन्दोलनकै कारण सभापति थापाको भ्रमण अन्तिम समयमा स्थगित भएको हो ।

Advertisement

भारतको महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा नेपाली जनसम्पर्क समितिको १०औँ महाधिवेशनमा सहभागी हुन थापा शनिबार त्यसतर्फ जाने कार्यक्रम थियो ।

भारतमा सिजेपीले राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लिक भएको विरोधमा गत सोमबारदेखि आन्दोलन चर्काउँदै आएको छ । उक्त आन्दोलन तीव्र बनेपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले समेत शनिबार पदबाट राजीनामा दिएका छन् ।

तपाइको प्रतिक्रिया
इरानमा तत्कालका लागि सैन्य आक्रमण रोक्न ट्रम्पको आदेश
मोबाइल नदिएको निहुँमा साथीको हत्या गरेको खुल्यो
आज राति कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
खोटाङमा पहिरोको त्रास : सिंगो गाउँ जोखिममा
वित्तीय शोषणविरुद्ध लघुवित्त पीडितहरूको प्रदर्शन
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
झापामा सुरक्षा जाँच छल्न खोजेका युवक लागूऔषधसहित पक्राउ
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×