डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १४:२९

काठमाडौं । अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न धनगढीमा सरकारी टोली र उनका प्रतिनिधिबीच आइतबारदेखि वार्ता सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा गठित सरकारी वार्ता टोलीले डा. केसीका प्रतिनिधिहरूसँग छलफल अघि बढाएको हो ।

Advertisement

वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशचन्द्र अग्रवाल सहभागी छन् ।

त्यसैगरी डा. केसीका तर्फबाट उनका सहयोगीहरू डा. अमृत जैशी, पवन थापा र पुकार बम लगायत वार्तामा बसेका छन् ।

गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने र चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढाउनुपर्ने लगायतका माग राख्दै डा. केसी गत शुक्रबारदेखि धनगढीमा अनसनमा बसेका हुन् ।

अनसनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हाल उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
इरानमा तत्कालका लागि सैन्य आक्रमण रोक्न ट्रम्पको आदेश
मोबाइल नदिएको निहुँमा साथीको हत्या गरेको खुल्यो
आज राति कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
खोटाङमा पहिरोको त्रास : सिंगो गाउँ जोखिममा
वित्तीय शोषणविरुद्ध लघुवित्त पीडितहरूको प्रदर्शन
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
झापामा सुरक्षा जाँच छल्न खोजेका युवक लागूऔषधसहित पक्राउ
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×