वित्तीय शोषणविरुद्ध लघुवित्त पीडितहरूको प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १५:००

काठमाडौं । लघुवित्त पीडितहरूले वित्तीय शोषणविरुद्ध आज (आइतबार) काठमाडौंको बल्खुबाट र्‍याली निकालेका छन् ।

पीडितहरूको संगठन किसान मजदुर आन्दोलन नेपालको आयोजनामा र्‍याली निकालिएको हो।

Advertisement

बल्खुबाट सुरु भएको उक्त र्‍याली रत्नपार्कस्थित शान्तिबाटिकासम्म पुगेर सभामा परिणत हुने आयोजक पक्षले जनाएको छ ।

पीडितहरुले आफूहरुलाई न्याय दिलाउन सरकार र सरोकारवाला निकायहरुसँग माग गर्दै आएका छन् । मागप्रति गम्भीर रुपले ध्यान नदिइएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×