पेट्रोल छर्केर आफैंलाई आगो लगाएका युवकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार ०९:५०

धनगढी । धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आफैंलाई आगो लगाएका एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको हो ।

प्रहरीका शनिबार साँझ आफ्नै घरभित्र उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोले गम्भीर घाइते भएपछि परिवारले तत्काल सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए ।

Advertisement

चिकित्सकका अनुसार चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो । त्यसपछि आफन्तले काठमाडौंस्थित अस्पताल लैजाने निर्णय गरेका थिए ।

एम्बुलेन्समार्फत काठमाडौं लैजाँदै गर्दा आइतबार राति बाटोमै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टका अनुसार घटनाका बारेमा सोमबार बिहान करिब ७ बजे मात्रै आफन्तले प्रहरीलाई जानकारी गराएका हुन् । घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ८८ हजार ५ सय पुग्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतले घट्यो
कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, अवस्था तनावग्रस्त (तस्बिरहरुसहित)
गोलीकाण्डको भर्त्सना, निष्पक्ष छानबिनको माग
पेट्रोल छर्केर आफैंलाई आगो लगाएका युवकको मृत्यु
सुनसरीमा तनाव बढेपछि दुई गाउँपालिकामा निषेध आदेश
देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
यस्तो छ विदेशी मुद्राको विनिमयदर
कप्तानगन्ज हिंसापछि सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु : एकको मृत्यु, २२ जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×