कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, अवस्था तनावग्रस्त (तस्बिरहरुसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार ११:०८

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछिको उत्पन्न असहज परिस्थितिलाई रोक्न लगाइएको कर्फ्यु आदेश सोमबार बिहानबाट उल्लंघन भएको छ ।

कर्फ्यु उल्लंघन गर्दै बिहान १० बजेबाट स्थानीयले प्रर्दशन गरिरहेका हुन् । कर्फ्यु आदेशलाई चुनौती दिँदै टायर बालेर प्रदर्शन हुन थालेपछि कप्तानगन्ज चोकको अवस्था असामान्य एवं तनावग्रस्त बनेको छ ।

Advertisement

कर्फ्यु उल्लंघन गर्दै करिब चारदेखि पाँच सय जनाको समूह सडकमा उत्रिएपछि त्यहाँको अवस्था नियन्त्रणबाहिर जाने परिस्थिति सिर्जना भएको छ । यद्यपि, ठूलो संख्यामा परिचातिल नेपाल र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

स्थानीय प्रशासनले सोमबार बिहान ७ बजेबाट लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी गरेको भए पनि प्रदर्शनकारीहरूले त्यसको उल्लंघन गर्दै कप्तानगन्ज क्षेत्रमा भेला भएर नाराबाजी र प्रदर्शन गरिरहेका छन् । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ । सुरक्षाकर्मीले सम्झाइबुझाइ गरिरहेको भए पनि प्रदर्शनकारी पछि हट्न मारिहेका छैनन् ।

यद्यपि, सुरक्षा सतर्कता थप कडा पारिएको छ । एउटा पक्ष भेला भएर टायर बाल्दै प्रदर्शन उत्रिएपछि अर्को पक्ष पनि भेला जम्मा हुन थालेको छ । तत्काल स्थिति नियन्त्रणमा लिन नसकिए अर्को हिंसात्मक घटना हुनसक्ने सम्भावना बढेको सुरक्षा स्रोतले बतायो ।

घटनाको विरोधमा प्रदर्शन हुन थालेपछि बिहानैदेखि पूर्व–पश्चिम लोकमार्गसमेत प्रभावित बनेको छ । सुनसरीको लौकही र फूलचोकमा टायर बालेर प्रदर्शन हुन थालेपछि सवारी आवागमन अवरुद्ध भएको हो । राजमार्गमा सवारी साधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन् ।

आइतबार राति कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

सुरक्षा स्रोतका अनुसार सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रलाई लक्षित गर्दै सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जारी गरिएको आदेशअनुसार कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको बताएका छन् ।

यद्यपि, कर्फ्यु लागू भएलगत्तै प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि सुरक्षा चुनौती बढेको छ । सम्भावित थप अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनिष थापाले बताए । ‘अहिलेसम्म अवस्था सुरक्षा नियन्त्रणमै छ । टायर बालेर प्रदर्शन हुन थालेपछि परिस्थितिलाई काबुमा राख्न सुरक्षा निकायले प्रयास गरिरहेका छन्,’ उनले भने ।

कोशी प्रदेशका विभिन्न जिल्लाका विभिन्न युनिटबाट पनि थप मद्धतका लागि नेपाल र सशस्त्र प्रहरी झिकाउँदै कप्तानगन्ज क्षेत्रमा परिचालन गरिएको छ । अझै पनि थप मद्धतका लागि कप्तागन्ज र आसपासका स्थानमा खटाउन विभिन्न ठाउँबाट सुरक्षाकर्मी झिकाउने क्रम जारी छ ।

प्रहरीका अनुसार अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहे पनि अवस्था झन् संवेदनशील बन्दै गएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय गर्दै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन
कप्तानगञ्ज घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
साउन पहिलो सातासम्म ८३ प्रतिशत धान रोपाइँ
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ८८ हजार ५ सय पुग्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतले घट्यो
कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, अवस्था तनावग्रस्त (तस्बिरहरुसहित)
गोलीकाण्डको भर्त्सना, निष्पक्ष छानबिनको माग
पेट्रोल छर्केर आफैंलाई आगो लगाएका युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×