
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरूको बैठकले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
छानबिन समितिको नेतृत्व कसले गर्ने भन्ने तय हुन बाँकी छ । समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहनेछन् । यस्तै सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधि पनि समितिमा रहने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
आइतबार राति मन्दिरमा ठूलो स्वरमा डिजे बजाएको र बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखिएको विषयमा विवाद सुरु भई झडप भएको थियो । झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ

























