डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १२:१५

काठमाडौं । धनगढीमा अनशनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकार र डा. केसी पक्षबीच सोमबार बिहान १० बजेदेखि पुनः वार्ता सुरु भएको छ । आइतबार ११ घण्टा लामो वार्तामा पनि सहमति हुन नसकेपछि पुन: संवाद सुरु भएको हो ।

आइतबारको वार्तामा अन्य विषयमा सहमति नजिक पुगे पनि निजी मेडिकल कलेजको एमबीबीएस सिट संख्या निर्धारण र विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गर्ने विषयमा सहमति जुट्न सकेको छैन । हाल केही मेडिकल कलेजले १३० जनासम्म विद्यार्थी भर्ना गरिरहेकामा सरकार सिट संख्या बढाउने पक्षमा देखिएको छ भने डा. केसीले मापदण्डअनुसार सिट संख्या घटाउनुपर्ने अडान राखेका छन् । त्यस्तै विश्वविद्यालयका रजिस्ट्रार र उपकुलपतिलाई पदमुक्त गर्ने विषयमा पनि दुवै पक्षबीच कुरा मिल्न बाँकी छ ।

Advertisement

यी दुईबाहेक गेटामा ३०० शय्याको अस्पताल सञ्चालनका लागि ओएनएम स्वीकृत गर्ने, एमबीबीएस अध्ययन तत्काल सुरु गर्ने, छात्रवृत्ति ऐन कार्यान्वयन गर्ने तथा विगतका सहमतिहरू लागू गर्ने विषयमा भने सरकार सकारात्मक देखिएको डा. केसीका सहयोगी डा. अमृत जैसीले बताए ।

वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा। विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल र पुकार बम सहभागी छन् । डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापाले प्रतिनिधित्व गरेका छन् ।

शुक्रबारदेखि धनगढीमा अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालमा राखेर उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्ड : सुरक्षा कमान्डरविहीन थियो सुनसरी
संयम बनौं, सामाजिक र धार्मिक सद्भाव कायम राखौं
सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन
कप्तानगञ्ज घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
साउन पहिलो सातासम्म ८३ प्रतिशत धान रोपाइँ
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ८८ हजार ५ सय पुग्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतले घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×