सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन ११, सोमबार १२:२८

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक झडपपछि सरकारले आज (सोमबार) साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।

गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधि सहभागी हुनेछन् । बैठकले सुनसरी घटनाका साथै देशको समग्र शान्ति सुरक्षाको समीक्षा गर्दै आवश्यक रणनीति तय गर्नेछ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ । यद्यपि कर्फ्यू उल्लङ्घन गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।

घटनालगत्तै गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए । छलफलपछि घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.