
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। क्यान्सर रोगबाट पीडित हुँदै आएका श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस हस्पिटलमा निधन भएको हो।
उनको पार्थिव शरिरलाई बुधबार बिहान ८ बजेदेखी ११ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने भएको छ। त्यसपछि बुधबार नै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।
उनी पटक पटक सांसद र मन्त्री भएका थिए। उनलाई केही दिनअघि मात्रै पार्टी वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। उनी पार्टीका पूर्व उपसभापतिसमेत हुन्।

























