सवारीसाधनका लागि नयाँ प्रदूषण मापदण्ड स्वीकृत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १७:०८

काठमाडौं । सरकारले सडकमा सञ्चालनमा रहेका सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ प्रदूषण मापदण्ड स्वीकृत गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘प्रयोगमा रहेका सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणको सीमा सम्बन्धी मापदण्ड, २०८३’ लागू गर्ने निर्णय गरेको हो।

नेपाल राजपत्रमा सूचना प्रकाशित भएको ९१औँ दिनदेखि पूर्ण रूपमा लागू हुने यो मापदण्डले पुराना र नयाँ सवारीसाधनका लागि छुट्टाछुट्टै उत्सर्जन सीमा तोकेको छ।

Advertisement

नयाँ व्यवस्था अनुसार पेट्रोल तथा ग्यासबाट चल्ने सवारीसाधनका लागि यो मापदण्ड देशभर लागू हुनेछ। डिजेलबाट चल्ने सवारीसाधनका हकमा भने काठमाडौँ उपत्यकासहित देशका सबै महानगरपालिका र उपमहानगरपालिकाहरूमा अनिवार्य गरिएको छ।

निर्माण कार्यमा प्रयोग हुने हेभी उपकरणहरू जस्तै ट्र्याक्टर, पावर टिलर, डोजर, क्रेन, रोलर र एक्स्क्याभेटरका लागि भने यो मापदण्ड लागू हुने छैन। साथै, रक्षा मन्त्रालयको सिफारिसमा आयात गरिएका सैनिक प्रयोजनका विशेष सवारीसाधनहरूलाई पनि नयाँ व्यवस्थाबाट छुट दिइएको छ।

तपाइको प्रतिक्रिया
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस
सवारीसाधनका लागि नयाँ प्रदूषण मापदण्ड स्वीकृत
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
कर्जा खारेजीको माग गर्दै लघुवित्त पीडितको प्रदर्शन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×