सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १९:३८

विराटनगर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा उत्पन्न तनावका क्रममा राज्य पक्षबाट भएको गोली प्रहारमा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु तथा अन्य नागरिक घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा सरकारको पहिलो दायित्व शान्ति, सुरक्षा र नागरिकको जिउधनको रक्षा गर्नु भए पनि देवानगञ्ज घटनाले सरकारको संवेदनशीलता, प्रशासनिक क्षमता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।

Advertisement

विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने अवस्थामा बल प्रयोग किन गरियो र एक नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने पार्टीको माग छ।

प्रलोपाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते सबै नागरिकको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टीले वर्तमान सरकारले आफ्ना असफलता ढाकछोप गर्न लोकतान्त्रिक प्रक्रिया, संवैधानिक संस्थाहरू र नागरिक अधिकारमाथि हस्तक्षेप गर्ने तथा नागरिकमाथि दमन गर्ने कार्य तत्काल रोक्नुपर्ने जनाएको छ। लोकतन्त्रमा जनताको आवाजलाई दमनबाट होइन, संवाद र सहमतिबाट सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।

प्रेस वक्तव्यमा घटनाको उच्चस्तरीय, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। साथै, राज्यले बल प्रयोगको नीति त्यागेर संवाद, सहमति र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्नुपर्ने धारणा पार्टीले व्यक्त गरेको छ।

प्रलोपाले यस संवेदनशील अवस्थामा सम्पूर्ण सुनसरीवासी तथा नेपाली नागरिकलाई अफवाह, उक्साहट र सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेको छ।

तपाइको प्रतिक्रिया
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : अवस्था पूर्णरूपमा तनावग्रस्त, ठूलो हताहतीको आशंका
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
देवानगन्जका प्रहरी प्रमुख पनि जिम्मेवारीबाट हटाइए
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×