सरकारले गर्यो सद्भावको अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ०६:२६

काठमाडौं । सरकारले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै हिंसा, उत्तेजना र भ्रामक सूचनाको प्रभावमा नपर्न तथा सामाजिक एकता कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको हो । सरकारले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा घाइते सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Advertisement

सरकारले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ । साथै, घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जनाएको छ ।

सरकारले पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिँदै नयाँ तथ्यांक
मोरङमा ट्रकले किच्दा युवकको मृत्यु, पोस्टमार्टमपछि खुल्यो घटनाको वास्तविकता
देवानगन्ज घटनामा बल्ल बोल्यो प्रदेश सरकार, साम्प्रदायिक सद्भाव कायम राख्न अपिल
छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर गुरु पूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि
सरकारले गर्यो सद्भावको अपिल
रास्वपा सभापतिद्वारा सुनसरी घटनाकेन्द्रित सर्वदलीय बैठक आह्वान
सुनसरी गोलीकाण्डमा प्रधानमन्त्रीको आश्वासन : पीडितलाई न्याय, दोषीलाई कारबाही
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×