देवानगन्ज झडप : दुई जना घाइतेको अवस्था गम्भीर, कम्तीमा २० घरमा क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १२:१४

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकाको देवानगन्ज बजारमा मंगलबार साँझ दुई पक्षबीच भएको दोहोरो झडपमा परेर दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ ।

देवानगन्ज बजारमा मंगलबार साँझ ७ बजेदेखि करिब अढाई घण्टा लगातार झडप, आक्रमण, आगजनी र तोडफोड भएको थियो । उक्त झडपमा परेर देवानगन्ज–२ का अन्दाजी ४६ वर्षीय राजी मियाँ र ५१ वर्षीय आलम अन्सारी घाइते भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

Advertisement

टाउको, छाती, खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर रहेका उनीहरुको विराटनगरस्थित प्राइम अस्पतालमा उपचार भइरहेको छ । परिस्थिति असामान्य बनेका कारण समयमा एम्बुलेन्स पाउन नसक्दा दुवै जना घाइतेलाई उपचारका लागि अस्पताल पुर्यायाउन ढिला भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बुधबार बिहानका राति करिब १ बजेतिर अस्पताल पुर्याइएको थियो । गम्भीर अवस्थामा उपचाररत उनीहरुको परिवारका सदस्यले कुनै पनि भिडभाडमा नगएका बेला एक्कासि आएर दुवै जनामाथि आक्रमण गरिएको जनाएका छन् ।

देवानगन्जमा रहेका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले देवागन्जको अवस्था अहिले सामान्य रहेको जानकारी दिए । सुरक्षा व्यवस्था कडा बनाइएको उनको भनाइ छ । नेपाली सेनाले हवाई तथा पैदल गस्ती पनि गरिरहेको छ ।

झडपका क्रममा एकअर्कामाथि आक्रमण, तोडफोड र आगजनी भएको थियो । झडपमा रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग भएको प्रहरीले जनाएको छ ।

परिस्थिति नियन्त्रणमा लिन जाँदै गरेका सुरक्षाकर्मीलाई अवरोध गरिएपछि कठिन भएकाले नेपाल र सशस्त्र प्रहरी बाटैबाट फर्किन बाध्य भएका थिए । पछि नेपाली सेना परिचालन गरिएपछि अवस्था मत्थर भएको थियो ।

झडपका क्रममा देवानगन्जका केही घर तथा पसलमा आगजनी र तोडफोड भएको छ । डीएसपी हमालले कम्तीमा २० वटा घर तथा पसलमा क्षति पुगेको जानकारी दिए । यद्यपि, क्षतिको विस्तृत विवरण संकलन गर्न बाँकी छ ।

‘अहिलेसम्म क्षतिको विवरण संकलन गर्न सकिएको छैन । तर, २० वटाभन्दा बढी घर तथा पसलहरुमा ठूलो क्षति पुगेको छ,’ उनले भने । सुरक्षा अधिकारीहरुले मंगलबार दिउँसो देवानगन्ज र कप्तानगन्जको स्थलगत निरीक्षण गर्दै स्थानीय अगुवा तथा सरोकारवालासँग छलफल गर्दै अवस्था सामान्य बनाउन आग्रह गरेका थिए ।

तर, साँझ पुनः झडप हुन थालेपछि दुई पक्षबीचको झडपले देवानगन्ज बजार तनावग्रस्त र अशान्त बनेको थियो । त्यस क्रममा एकअर्काबीच आक्रमण, प्रत्याक्रमण तथा व्यक्तिका घर र पसलमा तोडफोड एवं आगजनी गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज सामान्य बन्दै, अन्यत्र प्रदर्शन जारी
बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्किँदा तीन मजदुरको मृत्यु
बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्किँदा तीन मजदुरको मृत्यु
झापामा कारले ठक्कर दिँदा र करेन्ट लाग्दा दुई वृद्धाको मृत्यु
सुनसरी घटनाका बारेमा सर्वदलीय अपिल जारी (पूर्णपाठसहित)
देवानगन्ज झडप : दुई जना घाइतेको अवस्था गम्भीर, कम्तीमा २० घरमा क्षति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
सुनको मूल्य सामान्य घट्यो 
सुनको मूल्य सामान्य घट्यो 
सुनसरी घटनापछि कोशीमा सर्वदलीय पहल, मुख्यमन्त्री कार्कीले बोलाए बैठक
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×